काठमाडौं, १८ भदौ–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काकडभिट्टा-इनरुवा रेलमार्ग निर्माणका लागि सरकारले दिएको ठेक्का रोकेर छानबिन गर्न माग गरेका छन्।

पौडेलले बुधबार बेलुका प्रेस विज्ञप्ति जारी गरेर रेलमार्ग निर्माणका लागि दिइएको ठेक्का रोकेर छानबिन गर्न संसदीय लेखा समिति, विकास समिति, सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरेका हुन् ।

रेलमार्गमा पर्ने बजारको व्यवस्थापन र उक्त क्षेत्रमा जनताले उपभोग गर्दै आएको जग्गाको मुआब्जा वितरण नगरी रेलमार्ग निर्माण प्रक्रिया सुरु गर्नु गलत भएको नेता पौडेलको भनाइ छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *