दमक, १५ भदौं–दमकको जेसिस चौक (फार्मेसी लाईन) मा रहेको चाम्लिङ फोटो स्टुडियोले दमककै देबकोटा चौकबाट आफ्नो सेवा विस्तार गरेको छ ।
ग्राहकहरुको माग र सुविधालाई मध्यनजर गर्दै देवकोटा चौकमा चाम्लिङ फोटो स्टुडियोले सेवा विस्तार गरेको सञ्चालक सविन चाम्लिङ राईले जानकारी दिए ।
आज (शनिबार) स्टुडियोको उद्घाटन गरिएको छ । देबकोटा चौकमा स्थापना गरिएको चाम्लिङ फोटो स्टुडियोको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ र दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु खडका, प्रथम उपाध्यक्ष राजकुमार योङया, महिला उपाध्यक्ष सुष्मा निरौला, तृतीय उपाध्यक्ष रुबल अधिकारी, फोटो ब्यवसायी संघ झापाका अध्यक्ष लक्ष्मी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
सो क्रममा प्रमुख अतिथी, बिशिष्ट अतिथिी र अतिथिहरुले फोटो स्टुडियो व्यवसायको क्षेत्रमा अझ धेरै कुशलता र सफलताको शुभकामना व्यक्त गरेका थिए ।
