काठमाडौँ, १६ भदौं–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रुसको भ्लादिभोस्तकका लागि प्रस्थान गर्दै हुनुहुन्छ।
पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुार मल्टी पोलारिटी फोरम विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाल त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको हो।
पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी अध्यक्ष नेपाल स्वदेश फर्किएपछि पार्टीका विभिन्न केन्द्रीय विभाग, इन्चार्जसहितको जिम्मेवारी तोकिने तायरी रहेको उपाध्यक्ष खतिवडाको भनाई छ।
खतिवडाकाअनुसार अध्यक्ष नेपाल आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम छ। सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म जारी रहनेछ।
त्यससँगै पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी अध्यक्ष नेपालले साउथ एसियन इकोनोमिक फोरमको समूह छलफलमा पनि भाग लिने उपाध्यक्ष खतिवडाले बताउनु भयो।

