काठमाडौं, १८ भदौं–लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। हिजो बिहान ७ बजे अस्पताल पुगेकी रुपन्देही सैनामैना नगरपालिका ११ सालझुण्डिकी ७५ वर्षीया महिलाको आज विहान साढे ४ बजे मृत्यु भएको हो।

ज्वरो र श्वासप्रश्वासमा समस्या भएर आएकी महिलामा हिजै कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी दिए। कोरोना विशेष अस्पतालमा आइसियु र भेन्टिलेटर बेड खाली नभएका कारण उनलाई प्रादेशिक अस्पतालकै आइसोलेसनमा राखिएको थियो। उनमा अरु कुनै दीर्घ रोग नदेखिएको डाक्टर खनालले बताए।

यस्तै चितवनमा गएराति एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका ११ की ४० वर्षीया महिलाको गएराति पौने १ बजे मृत्यु भएको हो। अस्पतालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्राध्यापक डाक्टर हरिशचन्द्र न्यौपानेका अनुसार भदौ ५ गते श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो। उनमा भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

योसँगै चितवनमा कोरोनाले मृत्यु हुनेको संख्या १८ पुगेको छ। जसमध्ये चितवनका १० जना, मकवानपुरका ४ जना, बारा, गोर्खा, कैलाली र नवलपरासी सुस्ता पूर्वका १–१ जना रहेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *