काठमाडौँ, २० भदौं–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मनोनीत केन्द्रीय कमिटीले निर्वाचन गराउने कुरा विधिका हिसाबले बेठिक भएको टिप्पणी गर्नु भएको छ।

रोतोपाटी डटकमको वारपार कार्यक्रममा बोल्दै महासचिव भुसालले उक्त टिप्पणी गर्नुभएको हो। बिहिबार महासचिव भुसालले पार्टी भन्दै गरेको अवस्थामा निर्वाचन नगरौं भन्नेमा १०औं राष्ट्रिय महाधिवेशन हल केन्द्रीत भएका कारण समस्या उत्पन्न भएको स्पष्ट पार्नुभयो।

निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोट भएर आउने व्यवस्थालाई कार्यान्वयन गर्न नसकेका कारण समस्या उत्पन्न भएको महासचिव भुसालको भनाई छ।

साथै महासचिव भुसालले मनोनीत कमिटीले निर्वाचन गराउने कुरा विधिका हिसाबले बेठिक भएको टिप्पणी गर्नु भयो। आफूले महाधिवेशनको म्याण्डेटलाई मानेको र पछि आएर केन्द्रीय सदस्य छनोट कार्य निक्कै गाह्रो भएको स्पष्ट पार्नुभयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *