एजेन्सी, १८ भदौं–स्पेनिस क्लब बार्सिलोनामा हाल कप्तान लियोनल मेस्सी रहने या नरहने भन्ने चर्चा छ । यसैबीच मेस्सीका बुवा तथा एजेन्ट जर्जले बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउसँग भेट गरेका छन् ।
पछिल्लो समय मेस्सीले आफू क्लब छाड्न चाहेको बताएका थिए । स्पेनिस पत्रिका मार्साका अनुसार मेस्सीका बुबाले बार्सिलोना अध्यक्षसँग भेट गरेका बताएको छ ।
बर्टोमेउ र मेस्सीका बुवाबीचको छलफलमा केही निर्णय ननिस्केको मार्साले उल्लेख गरेको छ । उता अंग्रेजी पत्रिका दी देखी एक्सप्रेसले मेस्सी सिटीमा जान चाहेको र त्यसका लागि सिटीले उनको रिलिज क्लज तिर्न पनि तयार रहेको बताएका छ । बार्सिलोनासँग मेस्सीको सम्झौता सन् २०२१ सम्म छ ।
