काठमाडौं, १८ भदौं–सुनचाँदीको भाउमा पुनः गिरावट आएको छ । गत मंगलबारदेखि घट्न थालेको सुनचाँदीको भाउ बिहीबार (आज) पनि घटेको छ । हिजो (बुधबार) को तुलनामा आज (बिहीबार) सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावल सुन तोलाको ९६ हजार ५ सय रुपैयाँ कायम गरेको छ । हिजो तोलाको ९७ हजार २ सय तोकिएको थियो ।

यस्तै, तेजाबी सुन पनि तोलामा ७ सय रुपैयाँले नै झरेर ९६ हजार कायम भएको छ । हिजो तोलाको ९६ हजार ७ सय थियो ।

यसैगरी चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले गिरावट आएको छ । हिजो तोलाको १३ सय ६५ रहेको चाँदी आज १३ सय ४५ मा झरेको महासंघले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *