राजेन्द्र लिङ्देन

काठमाडौं, २४ भदौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले असोजदेखि पार्टी प्रवेश अभियान सञ्चालन गर्ने भएको छ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्वदेशका साथै प्रवासमा आफ्नो एजेण्डाप्रति आकर्षण देखिएको निष्कर्ष निकाल्दै असोजदेखि पार्टी प्रवेश अभियान चलाउने गरेको हो। उसले २०८१ लाई पार्टी प्रवेशको वर्षका रूपमा मनाउनेसमेत निर्णय गरेको छ ।

बैठकले केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिएको छ। यस्तै पार्टीको कार्यालय भवन चाबहिलमा बनाउन आर्थिक विभागका प्रमुख दिनेश श्रेष्ठको नेतृत्वमा भवन निर्माण समिति गठन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *