दमक, २४ भदौं–झापाको शिवसताक्षीस्थित पर्यटकीयस्थल दोमुखामा पौडी खेल्ने क्रममा डुवेर आज दिउँसो एक जना किशोरको शव फेला परेको छ ।

भद्रपुर नगरपालिका-५ बस्ने १५ वर्षीय फिरु शेखको शव भेटिएको हो । उनीसंगै हराइरहेका भद्रपुर (५ कै १५ वर्षीय प्रदिप राई अझै भेटिएका छैनन् ।

दोमुखामा पौडी खेल्न आएका चारमध्ये दुई किशोर हराइरहेका थिए । सोमबार दिउँसो २ बजेदेखि दोमुखाको ड्याममा पौडी खेल्न पसेका चारमध्ये दुईजना बेपत्ता भएको स्थानीय कुमार फुयलले जानकारी दिए।

‘पौडी खेल्न चारजना पसेका थिए । दुई जना निस्कन सफल भए भने अन्य दुईजना निस्कन सफल भएनन्’ फुयलले भने ।दुवै किशोर भद्रपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् ।

उनीहरूको खोजीका लागि स्थानीयवासी, प्रहरी र आफन्त बेपत्ता भएको स्थान दोमुखा आइपुगेका छन्। उनीहरू दोमुखा ड्याममा पौडी खेल्दै थिए।प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *