सिओल, १८ भदौं–दक्षिण कोरियामा पहिलोपल्ट नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । दक्षिण कोरियाको चोङ्ग्नामस्थित हानुल नोंग्सान किम्ची कम्पनीमा कार्यरत २० वर्षीय नेपाली युवतीमा कोरोना संक्रमण पुष्टि भएको कोरियाको सरुवा रोग नियन्त्रण शाखाले जनाएको छ ।

ती संक्रमित युवतीमा सामान्य लक्षण देखिपछि उनी आफै स्वास्थ्य परीक्षण केन्द्रमा गएर परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको जनाइएको छ । उनीसँगै संक्रमित १७ जनाको उपचार भईरहेको छ भने उनीहरुसँग सम्पर्कमा रहेका अन्य २६ जनालाई आइसोलेसनमा राखिएको छ ।

त्यस्तै, उनीहरुसँग सम्पर्क आएको ठानिएको १३१ जनाको स्वास्थ्य परीक्षण भईरहेको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ । दक्षिण कोरियामा ५० हजार नेपालीहरु रहेकोमा हालसम्म कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो ।

कोरोना नियन्त्रणका लागि विश्वमा नै ‘नमुना ’ बनिरहेको दक्षिण कोरियामा पछिल्लो पटक कोरोना संक्रमण ह्वात्तै बढेपछि सरकारले सामाजिक दुरी कायम गर्न कडा कदम चालिरहेको छ ।

सरकारी कामहरु सम्भव भएसम्म घरबाट नै गर्ने व्यवस्था गरेको छ भने विद्यालय र विश्वविद्यालयमा अनलाईन कक्षामार्फत पठन पाठन शुरु गरिएको छ । निजी कम्पनीहरुलाई पनि ‘वर्क फर्म होम’ लागु गर्न सरकार बिशेषले आग्रह गरेको छ । पछिल्लो पटक कोरोना संक्रमण फैलाउनमा मुख्य भूमिका भएको आरोप लागेको एक चर्चविरुद्ध सरकारले मुद्दा दायर गरिएको छ ।

नियमको अवज्ञा गर्ने अन्य चर्चविरुद्ध सरकार कठोर देखिएको छ । उता पछिलो समय सरकार र चिकित्सकबीच आरोप प्रत्यारोप चलिरहेको छ । कोरियाको मेडिकल एसोसियसनले सरकारले चिकित्सकको सुरक्षा र सेवामा ध्यान नदिएको भन्दै आन्दोलन गरेको थियो । कतिपय चिकित्सकहरुले कार्यस्थल नै छाडेर आन्दोलन गरेपछि सरकारले उनीहरुलाई कडा कारवाही गर्ने चेतावनी समेत दिएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *