धरमपुर, २५ भदौं–झापाको धरमपुर चौकस्थित साथी बहुउद्देश्यीय सहकारी संस्थाले आज धरमपुरमा तेस्रो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । शिबसताक्षी–१ धरमपुरका स्थानीय युवाहरुले स्थापना गरेको साथी बहुउद्देश्यीय सहकारी संस्थाले मंगलबार एक कार्यक्रमको आयोजना गरेर तेस्रो बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

कार्यक्रममा सहकारी संस्थाका अध्यक्षले सञ्चालक समितिको तर्फबाट आर्थिक बर्ष २०८०।८१ को बित्तिय कारोबारमा भएका प्रगती बिबरणहरु, सुचाङ्क (वासलात) र आगामी आर्थिक बर्ष २०८१।८२ का नीति, योजना र बजेटसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा संस्थामा उत्कृष्ट वचततर्फ भिमप्रसाद शेर्मा र विनोद अग्रवाल, चतुरमान साम्पाङ राई र सबिना खेवालाई प्रसंशा–पत्र र नगदसहित सम्मान गरिएको थियो ।

उृनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिबसताक्षी–१ धरमपुरका वार्डध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङले खादा ओढाउनुका साथै प्रशंषापत्र प्रदान गर्नुभएको थियो ।

बार्षिक साधारणसभाको अवसरमा धरमपुर बजार व्यस्थापन समितिका सचिव तथा स्थानीय व्यवसायी मोहन सिन्चिउरी, पत्रकार देशराज नेम्बाङ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

बार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमको दिलबहादुर लिम्बूको अध्यक्षतामा, स्वागत मन्तव्य पुनम सम्बाहम्फे र सञ्चालन संस्थाकी सचिव प्रतिमा राईले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *