शिबगञ्ज, १८ भदौं–झापाको शिबसताक्षी नगरपालिकामा बिहिबार एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । शिबसताक्षी-६ शिबगञ्जकी महिलामा कोरोनाको स्वाब परिक्षणमा कोरोना पोजेटिभ देखिएको वडाअध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए ।

वडामा कोरोना पोजेटिभको संक्रमण देखिएसँगै वडा कार्यालयले शिबसताक्षी–६ लाई कोरोना भाइरसको जोखिम भएको भन्दै सिल गर्ने भएको छ । वडाअध्यक्ष कार्कीका अनुसार जोखिम नियन्त्रण गर्न पूर्वमा माई (कनकाई) नदी, पश्चिममा शान्चि चौकहुदै दक्षिणतर्फ शाखा नहर ३ का सडकहुदै शिबसताक्षी-५ को सिमाना, उत्तरतर्फ मकलडुब्बाको पुलबाट पूर्व माई (कनकाई) खोलासम्म र दक्षिणमा वडा नं ५ को सिमानासम्म आज भदौं १८ देखी लागूहुने गरी र अर्को निर्णय नभएसम्मलाई सिल गरिएको हो ।

वडा कार्यालयमा वडा समितिको बैठकले सिल गर्ने निर्णय गरेको जानकारी गराउदै वडाअध्यक्ष कार्कीले स्वास्थ्य केन्द्र, अस्पताल, औषधी पसल, भेटनरी पसलहरु खुल्ला रहने र अन्य सवै खाले व्यवसाय, उद्योग, सवारी साधनहरु पूर्णरुपले बन्द गरिने जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *