दमक, २६ भदौ–नवदुर्गा बहुउद्धेश्यीय सहकारी संस्थाले आज दमकमा रजत वर्ष मनाएको छ । सहकारी संस्थाले २५औं बार्षिक साधारण सभाकाबीच शैक्षिक प्रोत्साहन अन्तर्गत विद्यार्थी सम्मान, शेयर सदस्य सम्मान र कर्मचारी सम्मान गरेको छ ।
सहकारी संस्थाका शेयर सदस्यको घर–परिवारबाट यसवर्षको एसईइ परीक्षामा उत्कृष्ट अंक ल्याउने आयुसा निरौला र निरोज तिम्सिनालाई नगद तथा प्रमाण-पत्रद्धारा पुरस्कृत गरिएको छ ।
सोहि अवसरमा संस्थामा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरु जीवन थापा मगर, इन्द्रमाया कुमाल, पवन शाह, शारदा विश्वकर्मा र धनकुमारी राई लगायतलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तैं, संस्थामा कार्यरत कर्मचारीहरुबीच उत्कृष्ठ कर्मचारीका रुपमा वजार प्रतिनिधि कृष्णप्रसाद खतिवडालाई नगदसहित सम्मानपत्रद्धारा पुरस्कृत गरिएको छ ।
दमक–६ भानु चौकमा अवस्थित संस्थाले बुधबार दमक ५ बेलडाँगी रोडस्थित मारवाडी सेवा समितिको भवनमा आयोजित समारोहमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।
संस्थाका अध्यक्ष प्रेमकुमार कोइराला र जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल लगायतले खादा ओढाउनुका साथै अविर लगाएर प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नुभएको थियो ।
बार्षिक साधारणसभामा आर्थिक बर्ष २०८०।८१ का संस्थाको प्रगीत बिबरण र आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र योजनासहितको बार्षिक प्रतिवेदन अध्यक्ष प्रेमकुमार कोइरालाले प्रस्तुत गरेका थिए ।
अध्यक्ष कोइरालाद्धारा प्रस्तुत प्रतिवेदनमा संस्थाको शेयर पूंजी २ करोड १९ लाख ६७ हजार ९ सय, जगेडा कोषमा २ करोड १५ लाख १३ हजार ८ सय ६७, अन्य कोषमा १ करोड ९४ लाख ८५ हजार ८ सय ७७ उल्लेख छ । त्यसैगरि, संस्थाको वासलात २३ करोड ९६ लाख १८ हजार ४ सय ८२ रहेको जनाईएका छ ।
सोही समारोहमा संस्थाको लेखा सुपरीवेक्षण समितिका संयोजक कमलराज भटराईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष प्रेमकुमार कोइरालाको अध्यक्षतामा र जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यतामा बार्षिक साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएको थियो ।
उद्घाटन समारोहमा जिल्ला बचत तथा ऋण सहकारी संस्था झापाका अध्यक्ष तुलाराम न्यौपाने, मेची सहकारी संस्थाका सचिव राजेन्द्र दाहाल, दमक उद्याग बाणिज्य संघका अध्यक्ष देबिप्रसाद (गोपाल) गुरागाई, जिल्ला सहकारी संघ झापाका लेखा सुपरिवेक्षण समितिका संयोजका तथा सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चुडामणी ओझाले शुभकामना मन्तव्य राखेका थिए ।
सहकारी संस्थाकी व्यवस्थापक धनकुमारी पौडेललेकी अनुसार संस्थामा १ हजार ३ सय ३० जना शेयर सदस्यहरु छन् । उनले संस्थाको इलामको चुलाुचलीमा सेवा केन्द्र सञ्चालनमा आएको बताईन् ।
उद्घाटन समारोहमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक कमल घिमिरे लगायतको अतिथिहरुको उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य हरि न्यौपानेले र सञ्चालन रत्नबहादुर धिमालले गरेका थिए ।
