दमक, २६ भदौं–गत आइतबारदेखि शुरु गरिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १५औं बार्षिका साधारणसभा आज सम्पन्न भएको छ । बुधबार, दमक–६ स्थित संस्थाको कार्यालय भवनमा बार्षिक साधारणसभाको समापन गर्नुहुँदै राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश पोख्रेलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानप्रति राष्ट्रिय सहकारी महासंघ डटेल लाग्ने बताउनुभयो ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टीकाराज सापकोटाको अध्यक्षतामा र राष्ट्रिय सहकारी महासंघका बरिष्ट उपाध्यक्ष रमेश पोख्रेलको प्रमुख आतिथ्यतामा १५औं बार्षिक साधारण सभाको औपचारिक समापन गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष पोख्रेलले केही अप्ठ्यारा परिस्थितिकाबीच सहकारी संस्थाहरु सञ्चालन भइरहेको बताउनुहँदै पछिल्लो समयमा देखिएका केही घटनाले समस्या उत्पन्न भएको र त्यसलाई समाधान गर्न राष्ट्रिय सहकारी महासंघले सहजिकरण गरिरहेको बताउनुभयो । वहाँले केही खराब व्यक्तिका कारण सहकारी क्षेत्रमा समस्या देखिएको बतानुभयो ।
गत २३ भदौं (आइतबार) देखि सूर्यदर्शन सहकारी संस्थाको १५औं बार्षिक साधारणसभा सुरु भएको हो । इकाईगत शुभारम्भ भएको बार्षिका साधारणसभाको उद्घाटन जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेशप्रसाद ढकालले गर्नुभएको थियो ।
संस्थाले कर्मचारीहरुलाई प्रोत्साहनका लागि विभिन्न विषयगत पुरस्कारहरु स्थापना गरेको र सो मध्ये सूर्यदर्शन उत्कृष्ट कर्मचारी सम्मानबाट राजकुमार खड्का पुरस्कृत भएका छन् । खड्कालाई नदग २५ हजार ५ सय पचपन्न रुपैयाँसहित सम्मान पत्र र दोसल्ला ओढइएको थियो । पुरस्कृत खड्का सूर्यदशन साकोसका बजार शाखा प्रमुख हुन् । उनी सूर्यदर्शन योग साधाना केन्द्रका प्रशिक्षक समेत हुन् ।
त्यस्तैं, कुशल कर्मचारी सम्मानबाट तीनजना कर्मचारीहरु पुरस्कृत भएका थिए । यसरी पुरस्कृत हुनेहरमा लेखा शाखाका डिल्लिराम थापा, कर्जा शाखाका रमेशकुमार प्रधान र बजार शाखाका अर्जुन खतिवडा छन् । पुरस्कृत कर्मचारीहरुलाई नगद १० हजार रुपैयासहित बिदाई गरिएको थियो ।
संस्थाको १५औं बार्षिक साधारणसभाको समापन समारोहमा संस्थाले शैक्षिक क्षेत्रमा प्रोत्साहन गर्नका लागि शेयर सदस्य परिवारबाट यसवर्षको एसईईमा उत्कृष्ट अकंसहित उर्तिण गर्नुहुने विद्यार्थी मार्गरेट मुखियालाई सम्मान पत्रसहित नगदले पुरस्कृत गरिएको थियो । निजी विद्यालयबाट एसईई उर्तिण मुखियाले फोर जीपिए ल्याएका थिए ।
इकाईगत बार्षिक साधारणसभामाको उद्घाटनको दिन दमक १, ८, ९, १० का शेयर सदस्यहरुको सहभागिता थियो ।
त्यस्तैं, भदौ २४ गते सोमबार दमक ४, ५, ६ का शेयर सदस्यहरुका लागि र २५ गते मंगलबार दमक २, ३, ७ का शेयर सदस्यहरुको सहभागिता थियो ।
सहकारी संस्थाका कर्जा शाखा प्रमुख इश्वर नेपालका अनुसार संस्थामा ६ हजार ९ सय ९४ जना सेयर सदस्यहरु छन् । संस्थाको १७ करोड ६९ लाख ४१ हजार १०० रुपैया चुक्ता सेयर पुँजी छ ।
कुल बचततर्फ १ अर्व ७७ करोड ६४ लाख ८२ हजार ८५८ रुपैयाँ, कर्जा लगानी १ अर्व ७३ करोड ३७ लाख ७१ हजार ७३१ रुपैया, बाह्य कर्जा १२ करोड ३७ लाख २६ हजार ४३ रुपैया रहेको संस्थाले निकालेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारीले गएको वर्ष कुल आम्दानी २६ करोड ६० लाख ७४ हजार ४१६ रुपैया आर्जन गर्न सफल भएको प्रतिवेदनमा छ ।
समापन समारोहमा संस्थाका व्यवस्थापक अरुण भण्डारी, संस्थाका सचिव कमल प्रसाद नेपाल लगायतको उपस्थिति थियो ।
समापन समारोहमा सूर्यदर्शन साकोस योग साधाना महिला विभागद्धारा संगीतमय प्रस्तुती गरिएको थियो । त्यस्तैं, बार्षिक साधारणसभा समापन समारोहमा दकक–६ का वार्डअध्यक्ष टेकबहादुर थापा, दमक उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाई लगायतका बक्ताहरले सहकारी संस्थामा देखिएका चुनौती र समस्याहरुको बारेमा बोल्नुभएको थियो ।
