भद्रपुर, २९ भदौं–नेकपा (एकीकृत समाजवादी) भद्रपुर नगर कमिटीले प्रथम नगर सभा, सपथग्रहण, भातृ संगठन निर्माण तथा सम्मान कार्यक्रम एक साथ सम्पन्न भएको छ ।

भद्रपुरस्थित नेपाल समुदायिक विकास केन्द्रमा नेकपा (एकीकृत समाजवादी) भद्रपुर नगर कमिटीले नगरसभा, सपथग्रहण, भातृसंगठन निर्माण तथा अगुवा कन्युनिष्टहरुलाई सम्मान गरेको हो ।

नगर कमिटी अध्यक्ष तथा पार्टी जिल्ला कमिटी उपसचिव पदम सुब्बा (लिम्बु) को अध्यतामा र पार्टीका पोलिब्युरो सदस्य तथा प्रदेश सभा सदस्य खिनु लङ्वा लिम्बुको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

सो कार्यक्रमबाट अखिल नेपाल महिला संघ (समाजवादी) भद्रपुर नगर कमिटी र युवा संघ नेपाल भद्रपुर नगर कमिटी घोषणा गरिएको पार्टी नगर अध्यक्ष पदम सुब्बाले जानकारी दिनुभयो ।

नेता सुब्बाका अनुसार कल्पना पोखरेलको अध्यक्षतामा ३३ सदस्य अखिल नेपाल महिला संघ (अनेमसंघ) समाजवादी भद्रपुर नगर कमिटी गठन गरिएको कार्यक्रममा घोषणा गरिएको हो । कमिटीको उपाध्यक्षमा लक्ष्मी डाँगी, कमला शिवाकोटी, सचिवमा सुनिता लिम्बु, कोषाध्यक्षमा सविना हाँडा चयन भएकी छन् ।

कमिटीको सदस्यहरुमा सुजता मादेन, सरला राजवंशी, रोजिया राई, मैया बस्नेत, दुर्गा पोखरेल (रेखा) खिना खवास, सरस्वती खत्री, पदमा रेग्मी, भगिरथा बस्नेत, मनिषा खाती, कल्पना पोखरेल, पवित्रा अधिकारी, इन्द्रमाया आङदाङ (लिम्बु), चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा ज्योतीमाया लिम्बु, मिरा तामाङ, नन्दमाया गिरी, कान्ता खनाल, इन्द्रमाया खाती, धनवती राजवंशी, मालती राजवंशी, आयुशा शाख्य, रोजिना बोगटी, पुजा क्षेत्री गंगा लामा तामाङ, रोजिना भारती, रेस्मा भारती चयन भएका हुन ।

साथै, सोहि कार्यक्रममा नरबहादुर थापा (नरु) को अध्यक्षतामा ७ सदस्यीय युवा संघ नेपाल भद्रपुर नगर कमिटी गठन गरिएको छ ।

कार्यक्रमा पुराना कम्युनिष्ट नेता, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजदीका केद्रिय परिषद् सदस्य विष्णु सिवाकोटीलाई सम्मान गरिएको थियो । केही समय अगाडी पार्टीमा नयाँ सदस्यता लिएका २ सय ७७ जनालाई सपथ ग्रहण गाराइएको भद्रपुर नगर कमिटी अध्यक्ष पदम सुब्बाले बताए ।

कार्यक्रममा पार्टीको पोलिब्युरो सदस्य अशेष घिमिरे, केन्द्रिय सदस्यहरु पुष्प पोखरेल, चन्दा श्रेष्ठ, निलमणी बराल, जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मी, उपाध्यक्ष वाशु दुलाल, सचिव बिपी भट्टराई लागयतका नेताहरुको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *