दमक, १८ भदौ–झापाका १२ जना कोरोना संक्रमित थपिएका छन् । झापाको कमल गाउँपालिका वडा नं ३ केरखाका आज थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तैं, शिबसताक्षी–६ शिबगञ्जमा पनि एक व्याक्तिमा कोरोना पोजेटिभ देखिएको छ ।

आज कोरोना पोजिटिभ देखिएकामा ४ महिला छन् । आज थपिएका संक्रमित सबै २० बर्ष भन्दा माथिको उमेरका रहेका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङले जानकारी दिए ।

आज थपिएकासंगै गाउँपालिकामा संक्रमतिको संख्या ३७ पुगेको छ भने वडा नं ३ केरखाका मात्रै २५ जना छन् । सोही वडाका ८३ बर्षिय एक बृद्धको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

यसैगरि, विर्तामोडमा ४ महिला १ पुरुष, अर्जुनधारामा १ पुरुषमा संक्रमण देखिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *