गृहमन्त्री रमेश लेखक

काठमाडौँ, २९ भदौं–गृहमन्त्री रमेश लेखकले नागरिकतासम्बन्धि समस्या समाधान हुनेगरी निर्देशिका चाँडै परिमार्जन गर्ने बताएका छन्।

न्युज एजेन्सी नेपालले शनिवार काठमाडौंमा आयोजना गरेको नागरिकतासम्बन्धी पीडितहरुको गुनासो सुनुवाई सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।

गृहमन्त्री लेखकले नागरिकतासम्बन्धिका धेरै समस्या निर्देशिकाको कारणले उब्जिएकाले परिमार्जन गर्ने बताए। निर्देशिकाको कारणले नागरिकता लिन कोही छुट्न नहुने विषयमा आफू स्पष्ट रहेको उनको भनाइ थियो।

प्रचलित संवैधानिक र कानूनी व्यवस्था तथा नियमावलीको व्यवस्था र सर्वोच्च अदालतले त्यस सम्बन्धमा दिएको फैसलाको आधारमा निर्देशिकालाई परिमार्जन गरेर अघि बढ्ने उनले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *