दमक, १८ भदौ–प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितको बिवरण अनसार मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र तेहथुममा २–२ र प्रदेश १ बाहिरका १ जना रहेका छन् ।

यसैगरि, मोरङको विराटनगरमा १३ महिला र २० पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
मोरङको सुन्दरहरैचामा ३ पुरुष, लेटाङमा २ महिला १ पुरुष, कटहरीमा २ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुष र बुढीगंगामा १ महिलामा संक्रमण देखिएको छ ।

उता, सुनसरीको धरानमा ४ महिला १७ पुरुष, इटहरीमा १ महिला २ पुरुष, बर्जु, भोक्राहा नरसिंह र स्थानीय तह नखुलेका १–१ पुरुष र देवानगञ्जमा १ महिला,संखुवासभाको खाँदबारीमा ५ पुरुष र मादीमा १ पुरुष, धनकुटाको शहिदभूमीमा १ पुरुष, धनकुटा नगरपालिकामा १ महिला, तेर्हथुमको म्याङलुङमा १ महिला १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ६८० पुगेको छ । प्रदेश १ बाट आज ६० जना डिस्चार्ज भएका छन् ।

मारवाडी सेवा सदन आईसोलेसन केन्द्र, विराटनगरबाट १८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना, होम आईसोलेसनबाट ११, कालि सदन आईसोेलेसन, विराटनगरबाट ७ जना, विराट मेडिकल आईसोलेसन केन्द्र, बुढीगंगाबाट ६ जना, रुम्झाटार आईसोलेसन केन्द्र, ओखलढुङ्गाबाट २, धाईजन आईसोलेसन केन्द्र, झापाबाट २ र वैजनाथपुर आईसोलेसन केन्द्र, विराटनगरबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७४७ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ७ सय ९० जनाको पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३० महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म ९३ हजार २९८ जनाको पिसिआर परीक्षण गरिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *