दमक, २९ भदौं–कमल गाउँपालिका वडा नं २ क्याम्पास्थित कमला मदन–आश्रित स्मृति माध्यमिक विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।
विद्यालयमा आयोजित अभिभावकहरुको भेलाले होमबहादुर बरालको अध्यक्षतामा नौ सदस्यीय कमला मदन–आश्रित स्मृति माध्यमिक विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।
सामाजिक सेवामा लामो समयदेखि सक्रिय जीवन बिताइरहेको बराल नेकपा (एकीकृत समाजवादी) कमलका अध्यक्ष हुन् । वहाँ, साविकको तोपगाछी (हालः कमल–२ क्याम्पा बजार) मा बसोबास गर्दैआइरहनुभएको छ ।
गठित समितिको सदस्यहरुमा कुमार बस्नेत, मेखलाल श्रेष्ठ, गोमादेबी पौडेल, पार्बता फुयल न्यौपाने, मिनादेबी शर्मा चयन हुनुभएको छ ।
त्यस्तैं, विद्यालय व्यवस्थापन समितिको पदेन सदस्यहरुमा वडा प्रतिनिधिबाट वडाअध्यक्ष अशोक सुब्बा, शिक्षक प्रतिनिधिबाट धरणिधर गजुरेल र सदस्य सचिवमा प्रधानाध्यापक हिमप्रसाद दाहाल रहेका छन् ।
