दमक, १८ भदौं–झापाको शिबसताक्षी–७ बैधार चौकदेखी पूर्वतर्फ वडा नं ७ व्याङडाडातर्फ जोड्ने कनकाई नहर साइफन सतासी खोलामा पुल निर्माण हुने भएको छ । प्रदेश १ सरकारको रु नौ करोड ६१ लाख ९४ हजारमा निर्माण हुने पुलको आज एक कार्यक्रमबीच सांसद झलकसिंह दर्लामी मगरले शिलान्यास गर्नुभएको छ ।

पक्कि मोटरेवल पुलको लम्बाई १ सय मिटर र ८ दशमलव ४० मिटर चौढाईको हुने छ । पुल निर्माण भएपछि शिबसताक्षी– १, २ र ३ धरमपुरवासीहरु र शिबसताक्षी–८ फाक्त्तेप, वडा नं ७ को लालझोडा, धौलीचौक, बैधार चौक र वडा नं ६ को हल्दिबारी, फर्सेडाँगीवासीहरुलाई नगरपालिकाको कार्यालय व्याङडाडा आवत–जावत गर्न सहज हुने छ ।

सो खोलामा पुल नहुदाँ धरमपुर चौक, डुडामारी चौक, झिलझिल चौकेहुदै लोकमार्गबाट नगरपालिाको कार्यालय आवत–जावत गर्न बाध्य थिए ।

शिलान्यास कार्यक्रममा प्रदेश १ अन्तर्गत भौतिक पुर्वाधार विकाश कार्यलय झापाका प्रमुख रमेश कुमार श्रेष्ठ, कनकाई सिंचाई आयोजना माइधार गैडेका प्रमुख प्रदिप राई, ईन्जिनियर सुजन दाहाल, रमेश माझी र विश्व लामाको उपस्थिति रहेको थियो ।

सो अवसरमा शिबसताक्षी नगरपालिकाका जनप्रतिनिधिहरु र राजनीति पार्टीका प्रतिनिधिहरुको ठूलो संख्यामा सहभागिता थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *