दमक, १ असोज–असोज संक्रान्तिको अवसरमा मंगलबार विश्वकर्माको पूजा गरिँदैछ। शिल्प र प्रविधिसम्बन्धी काम गर्नेहरूले विश्वकर्माको पूजा(आराधना गर्छन्। यो दिन विश्वकर्मासँगै बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रको पूजा गर्ने चलन छ।

प्रविधि र यान्त्रिक काम गर्नेहरूले यो दिन कार्यस्थल सजाई धुमधामका साथ यो पर्व मनाउँछन्। विश्वकर्मा खुशी भए उनको गुण आफूमा प्राप्त हुने विश्वासमा कालिगढ उनको पूजा(आराधना गर्छन्।

विश्वकर्मा विशेषगरी प्रविधि र शिल्पका देवता मानिन्छन्। पौराणिक तथा संस्कृत साहित्यमा विश्वकर्मा ठूला वास्तुविद् भएको उल्लेख छ। द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाएर लुकाएको बताइन्छ।

विश्वकर्माको पूजाकै अवसरमा वास्तु दिवस पनि मनाइन्छ। यसै अवसरमा नेपाल ज्योतिष परिषद्को केन्द्रीय कार्यालय डिल्लीबजारमा मंगलबार विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा वास्तु शास्त्रका विषयमा छलफल एवं प्रवचन हुने जनाइएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *