दमक, १९ भदौं–झापाको शिवसताक्षी–११ झिलझिलेका २९ वर्षीय गोमनसिंह मगरको बुधबार रतुवामाई बृक्षारोपण आयोजनाको बनक्षेत्रमा धारिलो हतियारले घाँटी काटेर हत्या गरिएको अवस्थामा शब फेला परेको थियो ।

मगरको पार्थिब शरिरलाई हिजो (बिहिबार) परिवारले शिबसताक्षी-१० माइधारस्थित कनकाई नदीमा धार्मीक संस्कृति अनुसार दाहाँसस्कार गरेका छन् ।

यता, नेपाल कम्युनिष्ट पार्टीं (नेकपा) शिबसताक्षी नगर कमिटि अध्यक्ष महेन्द्र भट्टराईले पासबिक ढंङ्गमा गरिएको हत्या प्रकरणमा जोडिएका रहस्यमय घट्नाको अनुसन्धान गरेर घट्नामा संमलग्नलाई सार्वजनिक गर्न नेपाल प्रहरीसँग जोडदार माग गरेका छन् ।

बुधबार भएको बिभत्सपूर्ण क्रुर घट्नाको घोर-भत्र्सना गर्दै नेकपा नगर अध्यक्ष भट्टराईले नागरिकको सुरक्षा र बाच्न पाउने अधिकारलाई कुण्ठित नगर्न समेत अपिल गरेका छन् । उनले झिलझिले हत्या प्रकारणप्रति गम्भिर ध्यानकर्षणसहित घट्नामा संमलग्न दोषीलाई पक्राउ गरेर पीडित पििरवारलाई कानूनी न्याय दिन प्रशासनसँग आग्रह गरेका छन् ।

अध्यक्ष भट्टराईले इलाका प्रहरी कार्यालय झिलझिलेबाट १ किलोमिटरको फरक दुरीमा भएको घट्ना दुई दिन बित्दासमेत संमलग्नलाई पक्राउ गर्न नसकेकोमा दुःख प्रकट गरेका छन् । उनले नेपाल प्रहरीको सवै खाले प्रविधिको प्रयोग गर्दै घट्नामा संमलग्न दोषीलाई भाग्न नदिन समेत माग गरेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *