विराटनगर, २ असोज–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बहुमत पाएका छन् । बुधबार, प्रदेशमा मतविभाजन हुँदा कार्कीको पक्षमा ६६ मत खसेको छ ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । नेपाली कांग्रेस र नेकपा (एमाले) ले समर्थन गरेपछि मुख्यमन्त्री कार्कीले ६६ मत प्राप्त गरेका हुन् ।
बुधबार मत विभाजनका लागि बालाइएको बैठकमा ८३ सांसद उपस्थीत भएका थिए । जसमा कार्कीको पक्षमा ६६ मत खस्यो, विपक्षमा १५ मत खसेको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए । दुई सांसद मत विभाजन प्रक्रियामा सहभागी भएनन् ।
२७ बैशाखमा संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री बनेका मुख्यमन्त्री कार्कीले ३१ बैशाखमा विश्वासको मत लिएका थिए ।
तर, सरकारलाई समर्थन गरेको नेकपा (माओवादी केन्द्र) ले १४ भदौमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले आज पून विश्वासको मत परीक्षण गरेका हुन् ।

