काठमाडौं, १९ भदौं–यूइएफए नेसन्स कप फुटबलमा जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेलेका छन्। बिहिबार राति समूह जीको खेलमा जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलको ५१ औं मिनेटमा टिमो वार्नरको गोलमा जर्मनीले अग्रता बनाएको थियो।
स्पेनले दोस्रो हाफको इन्जुरी समयमा बराबरी गोल फर्कायो। रोड्रिगोको पासमा जोसे गायाले खेलको अन्तिम मिनेटमा स्पेनकालागि बराबरी गोल फर्काएका थिए। सन् २०१० को विश्वकप फाइनलपछि युरोपेली फुटबलका दुई पावर हाउस देश पहिलो पटक आमने समाने भएका हुन्।
त्यस्तै अर्को खेलमा युक्रेनले स्विटजरल्याण्डलाई २–१ ले हराउँदै ३ अंक बटुल्यो।
