दमक, ५ असोज–झापाको दमकमा आज बिहान एक कार्यक्रमबीच स्वर्गीय ग्राण्डमास्टर राष्ट्रकुमार राईप्रति श्रद्धासुमन कार्यक्रम आयोजना गरि सम्पन्न गरिएको छ । गत असोज ५ गतेका दिन पूर्व बिट्रिसआर्मी, हालः बेलायतमा तेक्वान्दो खेलको विकास र खेलाडीहरु उत्पादनमा काम गर्दै आएका पूर्वखेलाडी तथा अन्तराष्ट्रिय प्रशिक्षिक ग्राण्डमास्टर राष्ट्रकुमार राईको निधन भएको थियो ।

झापा, दमक–१० निवासी स्वर्गीय राष्ट्रकुमार राईको स्मृतिमा नेपाल सगरमाथा तेक्वान्दो दोजाङले दमक–४ को एकता एकाडेमीको प्राङ्गणमा पहिलो बार्षिक स्मृति दिवस मनाइएको हो । दिवसको अवसर पारेर तेक्वान्दो दोजाङका प्रशिक्षार्थी खेलाडीहरु र प्रशिक्षकलाई टिसर्ट (जर्सी) वितरणसमेत गरिएको थियो ।

स्वर्गीय राष्ट्रकुमार राई बेलायतमा स्थापना भएको सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक अध्यक्ष हुन् । सो डोजाङ दमककी अध्यक्ष तथा संविधान सदस्य महेन्द्रकुमारी लिम्बूको अध्यक्षतामा आयोजित सो कार्यक्रममा तेक्वान्दो संघ झापाका अध्यक्ष बाबुलाल सुब्बाको प्रमुख आतिथ्यता थियो ।

कार्यक्रममा सगरमाथा डोजाडद्धारा सञ्चालित तेक्वान्दो प्रशिक्षणमा सहभागी खेलाडी बिद्यार्थीहरु ५० जनालाई खेलाडी पोशाक जर्सी प्रदान गरिएको थियो ।

सो अवसरमा तेक्वान्दो डोजाङका सल्लाहकार तथा सामाजिक व्यक्तित्व पर्शुराम रिजालले राष्ट्रकुमार राईको बाल्यकाल, बिट्रिसआर्मी, खेलजीवन, पारिवारिक अवस्था, खेल मार्फत नेपाल र दमकको बिकासमा खेल्नसक्ने भूमिका अवस्थाका बारेमा प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा आस्था कलेज तथा एकता एकाडेमी दमकका अध्यक्ष बलभद्र कोईराला, कलेजका प्रमुख टेकनाथ भण्डारी, नेकपा (माओवादी केन्द्र) का नेता रमेश गुरागाई, बरिष्ठ प्रशिक्षक हरिबहादुर भुजेल, प्रशिक्षक मनु कटुवाल, प्रशिक्षक मिरा काफ्ले, डोजाङकी सल्लाहकार डाक्टर सोफिया थुलुङ, महिला नेतृ कल्पना राई, धिरेन आङबोहाङलगायतले ति खेलाडीहरुलाई पोशाक हस्तान्तरण गरेका थिए ।

सो अवसरमा वक्ताहरुले खेल क्षेत्रमा स्वदेशदेखि विदेशसम्म स्वर्गीय राईको योगदान स्मरणीय रहेको चर्चा गरे । कार्यक्रमको सञ्चालन डोजाङका सचिव रोशन दाहालले गरेका थिए ।

श्रद्धाञ्जली सभा तथा जर्सी बितरण कार्यक्रम अघि, एकता एकेडेमी, पर्ल एकेडेमी, अक्सफोर्ड अङ्ग्रेजी बोर्डिङ र सरस्वती आधारभूत विध्यालयका खेलाडी एबम् विद्यार्थीहरुको ग्रेडिङ कार्य सम्पन्न भएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *