अखण्ड भण्डारी

काठमाडौं, ६ असोज–प्रेस काउन्सिल नेपालले ५५औँ वार्षिक उत्सवका अवसरमा आज विभिन्न विधामा पत्रकारहरुलाई पुरस्कृत गर्दैछ।

गोपालदास पत्रकारिता पुरस्कार अखण्ड भण्डारीलाई प्रदान गरिँदैछ। यो पुरस्कारको राशि एक लाख ५१ हजार रुपैयाँ रहेको छ। यस्तै, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बद्री सिग्देललाई प्रदान गरिने भएको छ। पुरस्कार राशी १ लाख १० हजार रुपैयाँ रहेको छ।

प्रेस काउन्सिल पत्रकारिता पुरस्कार रातोपाटी डटकमलाई दिइने काउन्सिलले जनाएको छ। काउन्सिलले सशक्त सञ्चारकर्मी पुरस्कार ३ जनालाई र क्रियाशील पत्रकारिता पुरस्कार १४ जना पत्रकारलाई दिने भएको छ।

यस्तै युवा पत्रकारीता पुरस्कार ११ जना पत्रकारलाई प्रदान गरिँदैछ। महिला सशक्तिकरण पुरस्कारबाट ५ महिला पत्रकार पुरस्कृत हुनेछन् भने समावेशी पत्रकारीता पुरस्कार पनि ५ जनालाई प्रदान गरिनेछ। भाषागतमा नेपाल भाषाको पत्रिका लहना साप्ताहिक पुरस्किृत गरिने काउन्सिलले जनाएको छ।

आज दिउँसो ३ बजे शितल निवासमा हुने एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले यी पुरस्कारहरु प्रदान गर्ने कार्यक्रम रहेको काउन्सिलका प्रवक्ता दिपक खनालले जानकारी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *