काठमाडौं, १९ भदौं–कक्षा १२ को परीक्षा कहिले हुने अझै निश्‍चित भएको छैन । कोरोना भाइरसको महामारी नरोकिएकाले कहिलेसम्म परीक्षा हुने ठ्याक्कै बताउन नसकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल बताउँछन् । ‘’यस्तो महामारीमा कसरी लिने रु’’ उनले भने, ‘’विद्युत् पनि नभएका ठाउँमा अनलाइन परीक्षा सम्भव छैन । हामी छलफल गर्दै छौँ, अझै केही टुंगो लागेको छैन ।’’

वैशाखमै हुने भनिएको कक्षा १२ को परीक्षा कोभिड १९ को संक्रमण बढेपछि रोकिएको थियो । पछिल्लो मन्त्रिपरिषद्को निर्णयले सरकारले असोज १ गते विद्यालय भर्ना र १२ को परीक्षा गर्ने निर्णय गरेको थियो । यसबीच मन्त्रालयका पदाधिकारी र सरोकारवाला निकायबीच पटक(पटक छलफल हुँदा पनि कुनै टुंगोमा पुग्‍न सकेको छैन ।

मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार साउन अन्तिम साताबाट सरेर नयाँ भर्ना भदौ १, भदौ १५ र अहिले असोज १ गतेलाई सरेको छ । तर कक्षा ११ लगायत अन्य कक्षाका भर्ना असोज १ मै हुने नहुनेमा केही भन्‍न नसकिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा बताउँछन् । कोभिड १९ ले विश्‍व नै आक्रान्त भएको बेला विद्यार्थीको पढाइ बिग्रियो भन्दै उनीहरूको स्वास्थ्य जोखिममा राखेर कक्षा सुरु गर्न नसकिने उनको भनाइ छ ।

यता, निजी तथा आवसीय विद्यालयहरूको छाता संगठन एन प्याब्सनका अध्यक्ष रितुराज सापकोटाले सरकारको चरम लापार्बाहीले गर्दा अहिलेसम्म शैक्षिक सत्र नै सुरु नभएको दाबी गरे । सापकोटा भन्छन्, ‘‘सरकार तथा सरकोकारवाला निकायले विद्यार्थीलाई बेवास्ता गर्दै छलफल गरिरहेका छन्, जसले गर्दा राम्रो परिणाम आउन सकेको छैन । बारम्बार परीक्षा र भर्नाको मिति सरिहँदा विद्यार्थीको मनस्थितिमा कस्तो असर पर्ला ?’’

‘‘असोजमा परीक्षा हुन सक्ने कुनै कोणबाट देखिँदैन, हुन नसक्ने कुरा गरेर विद्यार्थीलाई किन अन्धकारमा राख्ने रु’’ अध्यक्ष सापकोटाको प्रश्‍न छ । उनका अनुसार नरोक्नुपर्ने एसईई हठातमा रोकेर १० को नतिजा आन्तरिक मूल्यांकनबाट सार्वजनिक गरियो । प्राप्त नतिजामा शंका गर्दा योग्य विद्यार्थीको मनोबलमा आँच पुगेको उनको भनाइ छ ।

कक्षा १० को नजिताले तात्विक अन्तर राख्दैन । तर १२ को नतिजाले विद्यार्थीको भविष्यमै ठूलो प्रभाव पार्छ । १२ पछि कैयौँ विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाने चलन छ । त्यसैले १२ को परीक्षालाई गम्भीर रुपमा हेर्नुपर्ने विज्ञहरू बताउँछन् ।

तर प्याब्सनका उपाध्यक्ष डीके ढुंगानाले भने फरक विचार राख्‍छन् । उनका अनुसार १२ को परीक्षा गर्न खासै ढिलो भएको छैन । भन्छन्, ‘‘तोकिएकै समयमा परीक्षा गरेको भए नतिजा आउन ४ महिना लाग्थ्यो । परिस्थिति हेरेर परीक्षा लिने । बरु, छिटो नतिजा प्रकाशित गर्ने ।’’

यस्तै, ढुंगानाका अनुसार विद्यार्थीको पढाइलाई निरन्तरता दिन वैकल्पिक सिकाइलाई मूलधारकै रुपमा ग्रहण गरी मूल्यांकन गर्ने र पाठ्यक्रम संकुचन गरी पढाउने तरिका उपयुक्त हुन्छ ।

शैक्षिक सत्रअनुसार १ हजार २४ घण्टा पढाउनुपर्छ । सरकारीमा २२० दिन पढाइ हुन्छ भने निजीले २३५ दिन पढाउँछन् । तर विषय संकुचन गरेर १६० दिनको शैक्षिक सत्र गर्न सकिने उपाध्यक्ष ढुंगाना बताउँछन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *