काठमाडौं, १९ भदौं–क्यारेबियन प्रिमियर लिग सिपिएल टी–२० क्रिकेट प्रतियोगितामा नेपाली लेगस्पीनर सन्दीप लामिछाने सहभागि टोली जमैका तलवाज सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ। आफ्नो खेलमा एक अंक हासिल पारेको जमैकाले शुक्रबार विहान बार्बेडोस पराजित भएसँगै सेमिफाइनलमा स्थान बनाएको हो।

बिहिबार जमैका र सेन्ट किट्स बीचको खेल वर्षाले नतिजाविहिन भएपछि दुवै टिमले १र१ अंक बाँडदै जमैकाले लिग अंक तालिकामा ७ अंक जोडेको थियो। लिग अन्तर्गत शुक्रबार बिहान सम्पन्न लिगको २६ औं खेलमा गायना अमेजन वारियर्सले बार्बेडोस ट्राइडेन्टलाई ६ विकेटले पराजित गरेसँगै सन्दीपको टिम जमैका दुई खेल अघिनै सेमिफाइनल पुग्न सफल रह्यो।

ट्रिनिडाड स्थित ब्रायन लारा क्रिकेट स्टेडियममा सम्पन्न खेलमा बार्बेडोसले दिएको ९० रनको लक्ष्य गायनाले १४।२ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो। उसका लागि शिमरन हेटमायरले अविजित ३२, चन्द्रपौल हेमराजले २९ तथा रस टेलरले अविजित १६ रन बनाउदै गायनलाई जित दिलाउँदा बार्बेडोसको सेमिफाइनल यात्रा अन्त भएको थियो। डिफेन्डिङ च्याम्पियन बार्बेडोस लिगको सेमीफाइनल नपुग्दै बाहिरिएपछि जमैका तलावाज २ खेल बाँकी रहँदै सेमीफाइनलमा स्थान बनाउन सफल भयो।

बार्बेडोससंगै सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्स पनि सेमीफाइनल पुग्न असफल रहे। बार्बेडोसले ९ खेल खेल्दा २ जित र ७ हार पछि ४ अंक बनायो। जमैकाको २ खेल बाँकी रहंदा ७ अंक भएकोले अब बार्बेडोसले आगामी खेल जिते पनि जमैकालाई पछि पार्न संभव छैन्। सेमीफाइनलमा पहिलो स्थानमा रहँदै ट्रिनबागो नाइटराइडर्स, गायना अमेजन वारियर्स, सेन्ट लुसिया जुक्स र जमैकाले स्थान पक्का गरेको छ।

लिगको पहिलो सेमीफाइनल सेप्टेम्बर ८ मा अंकतालिकाको पहिलो स्थानमा रहने टिम (ट्रिनबागो) र चौथो स्थानमा रहने टिम बीच खेलिनेछ। दोश्रो सेमीफाइनल सेप्टेम्बर ९ तारिक बिहान अंकतालिकामा दोश्रो र तेश्रो हुने टिम बीच प्रतिष्पर्धा हुने छ। जमैकाको दुई खेल बाँकी भएकाले अहिलेनै कुन टिमसँग सेमिफाइनलमा प्रतिष्पर्धा गर्ने भन्ने तय हुन बाँकी छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *