दमक, ८ असोज–दमक–८ मा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
दमक( ८ मा डेरा गरी बस्ने अन्दाजी २६ बर्षिय कमल बुर्जामगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आज (मंगलबार) बिहान करिब ९।३० बजे करेन्ट लागेर घाईते भएका बुर्जामगरको उपचारका क्रममा दिउँसो करिब १२ बजे बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।
इलाम, महमाई ५ स्थायी घर भएका बुर्जामगर सिटी सफारी चलाएर दमकमा जिविकोपार्जन गर्दै आएका थिए ।
साताअघि झापाको गौरीगञ्ज २ मा पनि एक जनाको सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको थियो ।
