दमक, १९ भदौ–झापामा २० जना स्थानीयबासी र २ जना महिला प्रहरीसहित २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आज एकैदिन समुदायका २० सहित २६ जनामा कोरोना संक्रमण देखिएको हो । त्यसमध्ये ७ महिला र १९ पुरुष रहेका छन् । संक्रमित हुने समुदायका ब्यक्तिहरुमा दमक नगरपालिका वडा नं ६, ७ र ८ का ३ महिला र २ पुरुष रहेका छन् ।
यसैगरि, मेचीनगर नगरपालिकाका वडा नं ७ र १० का ४ पुरुष,कनकाई नगरपालिका वडा नं ३ र ५ का २ महिला र ८ पुरुष , गौरीगञ्ज ५ का एक पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै, भद्रपुरका २ जना महिला प्रहरीमा पनि संक्रमण देखिएको छ ।
त्यसैगरी, कचनकवल ७ का एक पुरुष, झापा गाउँपालिका १ का तीन पुरुषमा पनि आजै संक्रमण पुष्टि भएको छ । उनीहरु भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका थिए ।
योसँगै जिल्लामा कोरोना संक्रमितहरुको सँख्या ६४१ पुगेको छ । त्यसमध्ये ४८१ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जनाएका छन् ।
