धरम्पुर, १३ असोज–धरमपुरमा जारी युवा तथा भेट्रान नकआउट फुुटबल प्रतियोगितातर्फको आज वडास्तरीय भेट्रानहरुको उद्घाटन खेल सम्पन्न भएको छ ।
शिवसताक्षी १ धरमपुरस्थित फुलबारी रंगशालामा आइतबार सम्पन्न उद्घाटन खेलमा वडा नम्बर ८ ले वडा नम्बर १० लाई ० को विरुद्ध १ गोलले स्तब्ध बनायो ।
खेलमा पहिलो हाफसम्म दुबैतर्फ गोलरहित बराबरी खेलेका थिए । तर, दोस्रो हाफको १५औ मिनेटमा वडा नम्बर ८ का खेलाडी जर्सी नम्बर १९ का दिवस राईले डिबक्स भित्रबाट गोलकिपरलाई बिट गरि जाली चुमाउदै गोलको खाता खोल्न सफल भएका थिए । अन्ततः यो गोल नै निर्णायक गोल बन्यो अनि वडा नम्बर ८ दोस्रो चरणमा प्रवेश गर्यो ।
प्रतियोगितामा खेलको म्यान अफ दि म्याच बिजेता टिमका जर्सी नम्बर ४ का राजकुमार नेम्बाङ्ग घोषित भए । उनलाई प्रतियोगिता समारोहका प्रमुख अतिथी प्रदेश सांसद राधाकृष्ण खनालले आकर्षण ट्रफी प्रदान गर्नु भयो ।
प्रतियोगिता अन्तरगत भोलि २ वटा खेल हुने आयोजकले जानकारी दिएको छ । जस अनुसार पहिलो खेल युवातर्फको वडा नार २ र ३ बीच हुनेछ भने दोस्रो खेल भेट्रान तर्फको वडा नम्बर १ र ११ बीच हुने आयोजक समितिका आर्थिक संयोजक तथा भेट्रान खेलाडी लीलाबहादुर जोशीले जानकारी दिनुभयो ।
वडा खेलकुद बिकास समितिको आयोजनामा भएको भइरहेको प्रतियोगितामा नगरका युवा तर्फ ११ टिम र भेट्रान तर्फ ८ टिमको सहभागिता रहेको वडा खेलकुद सम्योजक दिपक दाहालले बताए ।
प्रतियोगिताको बिजेता टिमको युवातर्फ ५१ हजार उपबिजेता टिमले ३१ हजार र भेट्रान तर्फका बिजेता टिमले ३५ हजार, उपबिजेता टिमले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सदस्य अर्जुन चाम्लिङ राईले जानकारी दिए ।
त्यस्तै, प्रतियोगितामा विभिन्न बिद्यागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कार प्रदान गरिने बताइएको छ । जसमा क्रमश म्यान अफ द सिरिज, धेरै गोलकर्ता, उत्कृष्ट गोलकिपर, उतकृष्ट डिफेन्सलाई जनही नगद ५ हजारसहित मेडल ट्रफी प्रदान गरिने छ ।
प्रतियोगिताभरी प्रत्येक खेलको म्यान अफ दि म्याच हुनेलाइ ट्रफी प्रदान गरिने आयोजक समितिका सदस्य तथा फुटबलर पेमा तामाङ लामाले जानकारी दिए ।
