काठमाडौँ, १३ असोज–नेकपा (एकीकृत समाजवादी) ले स्थानीय पार्टी पंक्तिलाई उद्दार र राहत कार्यमा संलग्न हुन निर्देशन दिएको छ।
आज (आइतबार) पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एक विज्ञप्ति जारी गरेर उक्त निर्देशन दिनुभएको हो। जारी विज्ञप्तिमा भनिएको छ, ‘विगत केही दिनदेखि लगातार देश भर भएको अविरल वर्षापछि आएको बाढी९पहिरो र डुबानले देशका विभिन्न भागहरूमा सयौं नागरिकहरुको ज्यान गएको छ, सयौंको सङ्ख्यामा नागरिकहरू सम्पर्क विहीन भएका छन् र सयौं नागरिकहरु घाइते भएका छ्न। यसै गरि प्राकृतिक प्रकोपबाट सयौं घरहरू क्षतिग्रस्त भएका छन भने अरबौको भौतिक सम्पति नष्ट भएको छ। यस प्रकृति विपत्तिले हामीलाई अन्यन्त मर्माहत तुल्याएको छ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस प्राकृतिक विपदमा परि ज्यान गुमाउनुभएका सम्पूर्ण नागरिकहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना सहित बाढी पहिरोमा बेपत्ता हुनु भएकाहरूको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र सङ्घका सुरक्षा लगायत सबै सरकारी निकायहरू तथा स्वयम्सेवक संस्थाहरूसँग मिलेर काम गर्न स्थानीय पार्टी कमिटी तथा नेता कार्यकर्ता सबैलाई विशेष अपिल गर्दछु।’
अध्यक्ष नेपालले बाढी पहिरो र डुवानमा फसेका नागरिकहरुको उद्धार तथा उनीहरुलाई बस्ने र खाने व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ। विज्ञप्तिमा भनिएको छ, ‘बाढी पहिरोमा फसेकाहरुको उद्धार र राहत, घाइतेको निस्शुक्क उपचार, बिचल्लीमा परेका नागरिकहरूको खानपान र बसोबासको व्यवस्था मिलाउन र अवरुद्ध सडकहरुको मर्मत संभार गर्नसमेत हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ। अझै पनि नदी, नालाहरुको पानीको बहाब कम भइ नसकेको र बाढी९पहिरो आउने र क्षति हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउनसमेत सबैमा अनुरोध गर्दछु।’

