काठमाडौं, २० भदौं–मोरङको विराटनगरस्थित कोशी अस्पतालको कोभिड अस्पतालमा ६४ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका-४ की ती महिलाको शुक्रबार राति साढे ९ बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन ज्ञानबहादुर बस्नेतले जानकारी दिए।

संक्रमित महिला शुक्रबार अस्पताल भर्ना भएको थिइन्। उनमा श्वासप्रश्वासका समस्या र ज्वरोको समस्या रहेको अस्पतालले जनाएको छ। मृतकको शनिबार बिहान कोरोना पोजिटिभ आएको बस्नेतले बताए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *