काठमाडौं, १४ असोज–इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड टोटनह्यामसँग ३–० गोल अन्तरले पराजित भएको छ।

भ्रमणकारी टोलीले ओल्ड ट्रायफोर्डमा भएको खेलमा शानदार प्रदर्शन गर्दै १० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले पराजित गरेको हो।

खेलको तेस्रो मिनेटमा ब्रेना जोन्सनको गोलबाट टोटनह्यामको दबदबा शुरू भएको थियो। मिक्की भान डी भेनले बनाएको मुभमा जोन्सनले गोल गरेका थिए।

४२औँ मिनेटमा ब्रनो फर्नान्डेजले रातो कार्ड पाएपछि म्यानचेस्टर युनाइटेडलाई थप धक्का लागेको थियो।

दोस्रो हाफको दोस्रो मिनेटमा नै डेजान भुलिभ्सेस्कीको गोलमा टोटनह्यामले अग्रतालाई दोब्बर पारेको थियो।

खेलपछि टोटनह्याम ८औँ स्थानमा छ भने म्यानचेस्टर युनाइटेड १२औँ स्थानमा रहेको छ। गएराति नै भएको एस्टन भिल्ला इप्स्वीच टाउनसँग २–२ गोलको बराबरीमा रोकिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *