काठमाडौं, २० भदौं–सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।

प्रतिष्ठानका प्रवक्ता डा.दिनेश सापकोटाका अनुसार मोरङको विराटनगर महानगरपालिका–११ की ४३ वर्षीया महिलाको मृत्यु भएको हो। उनको शुक्रबार साढे बजे ६ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। ती महिला विराटनगरस्थित न्युरो अस्पतालबाट रिफर भई भदौ १८ गते कोभिड अस्पताल भर्ना भएकी थिइन्।

महिलामा श्वासप्रश्वासमा कठिनाइ, पेट, छाती दुख्ने समस्या रहेको र चार वर्षदेखि उच्च रक्तचाप रहेको प्रवक्ता सापकोटाले जानकारी दिए। योसँगै प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *