पर्वत, २० भदौं–कोरोना भाइरस संक्रमण रोकथामका लागि कास्कीका जारी निषेधाज्ञा थप एक साता बढाइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै भदौ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी हुने जानकारी दिएको छ।

यसअघि भदौ ३ देखि १२ सम्म निषेधाज्ञा जारी भएको थियो। पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले निषेधाज्ञा नै समस्याको समाधान नभएकाले पुनः थप नगरी पोखरामा निषेधाज्ञा जारी नहुने तर संक्रमित भेटिएको ठाउँको क्षेत्रमा आवश्यकताअनुसार सिल गर्न सकिने बताएका थिए।

निषेधाज्ञाका कारण दैनिक गुजारा चलाउँदै आएकाहरूलाई बिहान बेलुकी खान नै समस्या भएको तथा प्रदेशकै आर्थिक कारोबार प्रभावित भएकाले मानिसहरू बढी हेलमेल र भिडभाड हुने ठाउँलाई विशेष नियन्त्रणमा राखेर अन्य ठाउँको जनजीवन सामान्य अवस्था छोड्ने योजना रहेको उनको भनाइ छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको तथ्यांकअनुसार पोखरा महानगरपालिकामा हरेक दिन संक्रमित थपिने क्रम बढेको छ। गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु भएका १८ जनामध्ये कास्कीका पाँच जना रहेका छन्।

पोखरा महानगरपालिकाका तीन वडा सिल

संकमण दर बढिरहेका पोखरा महानगरपालिकाको तीनवटा वडा शुक्रवार रातिदेखि सिल गरिएको छ। शुक्रबार वडा नम्बर १०, १२ र १३ का वडाध्यक्षहरूको संयुक्त छलफलपछि संयुक्त विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि नै लागू हुने गरी एक सातासम्म वडाका विभिन्न टोलहरू सिल गरिएको जानकारी दिएका छन्। स्वर्णिम टोल, अन्नपूर्ण टोल, लालीगुराँस टोल ढिकालेथर हुँदै कुँडहर चोक मियाँ पाटनसम्मका सबै क्षेत्र सिल गरिएको छ।

यस्तै, लालीगुराँस मिनी मार्ग प्रगतिटोल, बिपी मार्ग ‘क’ र ‘ख’ हुँदै भद्रकाली ‘ख’ टोल विकास क्षेत्र माछापोखरीदेखि संगमटोल मियाँपाटन, अन्नपूर्ण टोल हुँदै बेसलाइन स्कुल क्षेत्रका सबै क्षेत्र पनि सिल गरिएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *