काठमाडौँ, १७ असोज–नेकपा (एकीकृत समाजवादी) बाट प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यमा निर्वाचित सांसदहरुले १५ दिन बराबरको तलब बाढीपहिरो र डुवान पीतिहरुलाई दिनेभएका छन् ।

बुधबार, प्रतिनिभिसभामा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक तथा पूर्वमन्त्री मेटमणि चौधरीले संसद् सचिवालयलाई आफ्ना सांसदहरुको १५ दिनको तलब उद्धार तथा राहत कोषमा राखिदिन पत्राचार गर्नुभएको छ ।

‘हाम्रो पार्टीका प्रतिनिधि सभा र राष्ट्रिय सभाका माननीय सांसदहरुको पार्टी लेवी र करकट्टी रकम कट्टा गरी बाँकी हुन आउने १५ दिन बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने व्यवस्था गरिदिनु हुन अनुरोध छ’, प्रमुख संचेतक सांसद चौधरीले पत्र लेख्नु भएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *