धरमपु्र, १७ असोज–झापाको धरमपुरमा जारी शिबसताक्षी नगर वडास्तरिय युवा तथा भेट्रान फुट्बल प्रतियोगितामा वडा न ८ ले वडा न ९ लाई सडनडेथमा पराजित गरेको छ ।
आज (बिहिबार) धरमपुरस्थित फुलबारी रंगशालमा सम्पन्न भएको एक मात्र युवा तर्फको खेलमा वडा नम्बर ८ ले वाडा नम्बर ९ लाई सडनडेथबाट पराजित गरेको हो ।
खेलको निर्धारित समयभित्र दुबै तर्फबाट गोल हुन नसकेपछि खेल सिधै ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा पनि दुबैतर्फ बाट ५–५ गोल बराबरी भएपछि खेल सडनडेथबाट छिनोफानो भएको हो ।
निक्कै रोमान्चक भएको खेलमा दुबै तर्फबाट गोल लागाउने प्रयास दुबैतर्फका गोल किपरहरुले बिफल बनाइदिएका थिए । दुबै टिममा भरपर्दा र राम्रा खेलाडीले भरिपुर्ण भएको टिमले गर्दा पनि गोल लगाउन निक्कै कठिन भयो । नगरकै उत्कृष्ट फुट्बल खेलाडी भएको यी टिमहरु यस अघिका विभिन्न प्रतियोगितामा पनि धेरै पटक अम्नेसाम्ने भएर खेलेको र ८ न ले नै बाजि मार्दै आएको जनाइएको छ ।
वडा न ८ ले सुखद यात्रा तय गर्दै आर्को राउन्डमा प्रबेस गर्न सफल भएको छ । आज खेलको म्यान अफ द म्याच बिजेता टिमका जर्सी नम्बर १६ का गोलकिपर विशाल घटानी घोषित भए ।
प्रतियोगिता अन्तरगत भोलि युवातर्फको वडा नम्बर ६ र वडा नम्बर १ (रातो) बीच हुनेछ भने भेट्रानतर्फ वडा न ७ र वडा न ९ बीच हुने आयोजक समितिका सम्योजक दिपक दाहालले जानकारी दिएका छ्न।
प्रतियोगिताको बिजेता टिमको युवातर्फ ५१ हजार उपबिजेता टिमले ३१ हजार र भेट्रान तर्फका बिजेता टिमले ३५ हजार, उपबिजेता टिमले २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सदस्य अर्जुन चाम्लिङ राईले जानकारी दिएका छन ।
धरमपुरस्थित प्रस्तावित फुलबारी रङगशलामा भएको प्रतियोगिता शिवसताक्षी वडा नम्बर १ खेलकुद बिकास समितिको आयोजनामा भएको हो ।
