धरमपुर, १८ असोज–झापाको शिवसताक्षी–१ धरमपुरमा जारी वडास्तरीय युवा तथा भेट्रान खेलमा युवातर्फ १ (रातो) र भेट्रानतर्फ ९ बिजयी भएको छ ।

धरमपुरस्थित फुलबारी रंगशालामा आज (शुक्रबार) सम्पन्न भएको युवा तर्फको खेलमा आयोजक शिबसताक्षी–१ (रातो) ले वडा नम्बर ६ लाई १ का विरुद्ध ४ गोलको भारी गोल अन्तरले पराजित गरेको छ ।

उक्त खेलमा वडा नम्बर १ (रातो) ले वडा नम्बर ६ लाई पुरै दबाबमा राखेको थियो । खेलमा वडा नम्बर ६ ले केही गोल गर्ने अवसरहरु पाए पनि १ गोल भन्दा अरु थप्न सकेनन् । खेल पुरै समयअवधिभर १ न को कब्जामा रहेको थियो । यो जितसंगैं वडा नम्बर १ (रातो) सेमिफाइनलमा प्रवेश गरेको छ ।

उक्त खेलको म्यान अफ द म्याच बिजेता टिमका हरी खड्का घोषित भएका छ्न । उनले टिमका लागि ह्याट्रिक पूरा गरेका थिए । आजको खेलसंगैं पहिलो समीकरण पूरा भएको छ ।

भोलि (शनिबार) देखि दोस्रो समीकरणका खेल सुरु हुने छ । भोलीको खेल युवातर्फ वडा नम्बर ८ र १० बिच हुने छ ।

त्यसैगरि आजै (शुक्रबार) भएको भेट्रानतर्फको खेलमा वडा नम्बर ९ बिजयी भएको छ । वडा न ९ ले वडा न ७ लाई ट्राइबेकरमा पराजित गरि दोस्रो चरणमा प्रबेश गरेको हो ।

खेलमा निर्धारित समयसम्म गोलरहित बराबरी भएपछी खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरबाट खेलको छिनोफानो भएको हो । ट्राइबेकरमा ४ का विरुद्ध ५ गोल लगाएर वडा न ९ ले वाडा न ७ लाई स्तब्ध बनाउदै दोस्रो चरणमा पुग्न सफल भएको छ ।

उक्त खेलको म्यान अफ द म्याच बिजेता टिमका डिफेन्डर आजित तुम्बापो घोषित भए । भोलि भेट्रानतर्फ खेल भने स्थगित रहने जनाइएको छ ।

प्रतियोगिताको बिजेता टिमको युवातर्फ रु ५१ हजार उपबिजेता टिमले रु ३१ हजारसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तैं, भेट्रानतर्फका बिजेता टिमले रु ३५ हजार र उपबिजेता टिमले रु २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

असोज १२ गते, शनिबार फुटबारी रंगशालमा नगर प्रमुख रोशन थोप्राले उद्घाटन गर्नुभएको युवा तथा भेट्रानहरुबीचको शिबसताक्षी नगर वडा स्तरीय फुटबल प्रतियोगिता २४ गते सम्पन्न हुँदैछ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *