धनगढी, २० भदौ–कञ्चनपुरमा राति डियुटीमा खटिएको अवस्था बेहोस भएका प्रहरी जवानको मुत्यु भएको छ।
दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत डडेल्धुरा अजयमेरु गाउँपालिका वडा नम्वर २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको मृत्यु भएको हो।
गएराति १२ बजेतिर ५ नम्वर पोष्टमा डुयुटीमा खटिएको अवस्था ती जवान बेहोस भएका थिए। उनी बेहोस भएलगत्तै उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो।
अस्पताल ल्याएका उनको विहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर थापाले जानकारी दिएका छन्।
