दमक, २० भदौं–झापाको शिवसताक्षी–११ झिलझिले मैनाचुली टोलका गोमनसिंह मगरको हत्या उनकै साथी शिबसताक्षी-८ झिलझिले थेचम्बु चौकका मनकुमार लिम्बुले गरेको प्रहरीले सार्वजनिक गरेको छ ।

झिलझिले उत्तर सताक्षीधाम मन्दिरतर्फ जाने बाटोमा झिलझिलेस्थित थेचम्बु चौकका ३२ वर्षीय मनकुमार लिम्बुले हत्या गरेको प्रहरीले जानकारी दिएको छ । हत्या भएको दिन नै मनकुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार मंगलबार बेलुका ६ः ३० बजे लिम्बुले फोन गरी गोमनसिंह मगरलाई भेट्न बोलाएको थिए । गोमनसिंह सोही समयमा झिलझिले पूर्व मैनाचुली टोलस्थित घरबाट (प्रदेश ०१–०१०१२ प ५२२५ नं) मोटरसाइकल लिएर घरबाट निकिस्कएका प्रहरीले बताए ।

बेलुकाको हावा खाई फ्रेस हुन सताक्षीधाम मन्दिरतर्फ जाऔ भन्दै लिम्बु सोही मोटरसाइकलको पछाडी बसी मोटरसाईकल बिस्तारै चलाउन लगाई झिलझिलेबाट १ किमी उत्तर पुगेपछि मोटरसाइकल चलाएकै अवस्थामा पछाडीबाट धारिलो हतियार (छुरी) ले घाँटीमा रेटेर लडाएको प्रहरीले जनाएको छ ।

मगर मोटरसाइलसहित सडकमा मगर लडेपछि गर्धनमा काटी हत्या गरेको लिम्बुले प्रहरी समक्ष बयान दिएका हुन् । मगरले चलाएको मोटरसाईकललाई कोही कसैले नदेखोस भनी सडकदेखि पुर्वपट्टी जंगलमा लगेर लडाई दिई पनः मगरको गर्धनमा हतियार प्रहार गरी नालीमा फालेको अनुसन्धानबाट पुष्टि भएको हो ।

मगरको रतुवामाई बन क्षेत्रभित्र सताक्षीधाम जाने बाटोमा घाँटी रेटी हत्या गरिएको अवस्थामा बुधबार बिहान सव फेला परेको थियो । प्रहरी बयानमा मगर र लिम्बूले प्रयोग गरेको शुक्रबार दुईवटा मोबाइल र हत्यामा प्रयोग भएको छुरा पानीमा फ्यालेको अवस्थामा भेटिएको थियो।

प्रहरीकोे प्रारम्भिक अनुसन्धानबाट निजहरुबीच भएको आर्थिक लेनदेनका कारोबारमा असमझदारी भई बढेको मनमुटाबका कारण घटना घटेको जनाएको छ ।

लिम्बु र मगर बराइनमा प्रहरीको रुपमा कार्यरत हुन् । दुबै जना घर बिदामा घर आएका हुन् । उनीहरु बराइनमा बस्दा मिल्ने साथी हुन् ।

थप अनुसन्धान गर्न पक्राउ परेका अभियुक्त मन कुमार लिम्बुलाई आइतबार सम्मानित झापा जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिने तयारी भईरहेको छ ।

निजले गरेको कसुर मुलुकी फौजदारीसंहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिमको कसुर रहेकोले यस्तो कसुर गर्नेलाई सोही ऐनको सोही दफा बमोजिम जन्म कैद सम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *