दमक, २० भदौ–झापाको दमकमा आज एक महिलासहित थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये एक महिला र दुई पुरुष हुन । थपिएकामा वडा नम्बर २ का ३५ बर्षिय एक पुरुष र वडा नम्बर ८ कि ४५ बर्षिया महिला र ६२ बर्षिय पुरुष रहेको नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समिति सचिव कुवेर भट्टराईले जानकारी दिए ।

संक्रमण देखिएका सबै समुदायमा घुलमिल भएका हुन । उनीहरु संक्रमतिसंग घुलमिल भएका व्यक्ति भएको बताइएको छ । यस संक्रमणसंगै दमकमा संक्रमित हुनेको संख्या ११४ पुगेको छ । त्यसमध्ये ७० जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

समुदायमा कोरोना देखिएपछि दमकमा दुई साता अघिदेखि शुरु भएको आंशिक लकडाउन आज रातिदेखि लगभग सकिँदैछ । अपरान्ह ४ बजे सम्म सबै व्यापार व्यवसाय आवतजावत खुल्ला राख्ने निर्णय स्थानीय सरकारले गरिसकेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *