विराटनगर, २० भदौं–पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मोरङमा चार जनाको मृत्यु भएको छ । प्रदेश १ भर कोभिड १९ का ५४ नयाँ संक्रमित थपिएका छन । सामाजिक विकास मन्त्रालयका अनुसार मृत्यु हुनेमा विराटनगरका दुई महिला, बुढीगंगा र धनपालथान गाउँपालिकाका एक एक जना पुरुष छन। योसहित प्रदेशमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । प्रदेशका १ स्थायी ठेगाना भएका २७ जना छन् भने अन्य १२ जना बाहिरका छन् ।

शनिबार प्रदेशका विभिन्न प्रयोगशालमा १ हजार ७६१ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमा २३ महिला र ३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङमा ३४, सुनसरीमा १३, झापामा ५, इलामका एक र प्रदेशबाहिरका एक जना छन ।

प्रदेश राजधानी विराटनागरमा १४ महिला र १४ पुरुष गरी २८ जनामा संक्रमण देखिएको छ । प्रदेशभर कोरोना संक्रमितको संख्या ३ हजार ८७९ पुगेको छ । शनिबार १६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ८३५ पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *