एजेन्सी (तेहरान), २० भदौं–इरान र रसियाबीच तेहरानमा कोभिड-१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको छ। यस कुराको जानकारी मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक अर्ध-सरकारी समाचार संस्थाले दिएको छ।

‘फार्स न्यूज एजेन्सी’ का अनुसार उक्त सहमति शुक्रबार रूसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का कार्यकारी प्रमुख किरील दिमित्रिभ र राजदूत जलालीबीच भएको भिडियो बैठकमा भएको छ। उक्त अवसरमा इरानी राजदूतले ‘कोभिड-१९ को खोप पत्ता लगाउन सफल भएको भन्दै रुसलाई बधाई दिनुभएको थियो।

जलालीले दुवै देशबीच थप स्वास्थ्य र चिकित्सा सहयोगको लागि रुससँग आग्रह गरेका छन्। दिमित्रीभले दुई देशबीच कोभिड-१९ विरूद्धको खोपको ठूलो उत्पादनको लागि तयार रहेकोमा रूसी पक्ष खुशी बनेको बताए। रसियाका स्वास्थ्य अधिकारीहरूले हालै कोभिड-१९ खोपको उत्पादन गर्ने घोषणा गरेका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *