काठमाडौं, २८ असोज–बर्दियाको सदरमुकाम गुलरियास्थित नेपाल भारत सिमानामा गोली प्रहार हुँदा एकजना घाइते भएका छन्।

गुलरिया-८ का ४० वर्षीय बलराम लोधमाथि आइतबार करिब ७ बजे गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डीएसपी ऋषिराम घर्तीमगरले जानकारी दिए।

डीएसपी मगरका अनुसार लोधको ढाडमा गोलीको छर्रा लागेको छ। अहिले कोहलपुर शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

भारतीय वनकर्मीले गोली प्रहार गरेको अनुमान प्रहरीले गरेको छ। घ६नाबारे अनुसन्धान भइरहेको डीएसपी मगरले जानकारी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *