दमक, २८ असोज–फाइटर युकी आङ्देम्बेलाई पापोहाङ आङ्देम्बे सामाजिक कल्याण समिति झापाले दमकमा भब्य स्वागत तथा सम्मन गरेको छ ।
दमकस्थित थ्रिइन होटलमा आयोजना गरेको भब्य कार्यक्रमबीच मिक्स मार्सल आर्ट (एमएमए) का अन्तराष्ट्रिय फाइटर खेलाडी युकी आङ्दम्बेलाई पापोहाङ आङ्देम्बे सामाजिक कल्याण समिति झापाले दोसल्ला तथा सम्मानपत्रका साथ सम्मानित गरेको हो ।
इन्डोनिशिया बस्दैआएका फाइटर युकी आङ्दम्बेको स्थाई घर दमक हो । दमकस्थित घर आएका अवसर पारेर युकीको प्रतिभालाई प्रोत्साहन दिन त्यस्तो स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।
पापोहाङ आङ्देम्बे सामाजिक कल्याण समिति झापाका अध्यक्ष सन्तवीर आङदेम्बेले युकी आङ्दम्बे अन्तराष्ट्रिय फाइटर खेलाडी भएको बताए ।
स्वागत तथा सम्मान कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रममा आङदेम्बे समुदायका अगुवाहरुको उपस्थिति थियो ।
सम्मान कार्यक्रममा सहभागि बक्ताहरुले आङदेम्बे वंशज मात्र नभएर उनको खेल प्रतिको योगदानलाई देशले नै प्रोत्साहन दिनुपर्ने औल्याए ।
युकी आङ्दम्बेले विभिन्न अन्तराष्ट्रियस्तरमा एमएए फाईटरमार्फत उत्कृष्ठ खेल प्रर्दशन गरिसकेका छन् । सोहि कार्यक्रममा पापोहाङ आङदेम्बे ताङसेप सङजुम्भो दमक नगर समितिलाई कार्यालय भवन निर्माणका लागि २ कठठा बढी जग्गादान गर्ने समाजसेवी विरवहादुर आङदेम्बेसहित चार जना दाताहरुलाई सामूहिक रुपमा सम्मान प्रदान गरेको पापोहाङ आङ्देम्बे सामाजिक कल्याण समिति झापाका सचिव जयश्वर आङदेम्बेले बताए ।
सो कार्यक्रममा सम्मानित युकीका बाजे–बोजु, आमा, पापोहाङ आङ्देम्बे सामाजिक कल्याण समितिका टेकबहादुर आङदेम्बे, पापोहाङ आङदेम्बे ताङसेप सङजुम्भो दमकका अध्यक्ष कमल आङदेम्बे, थ्रिइन होटलका सञ्चालक कृष्ण आङदेम्बे लगायतको उपस्थिति रहेको थियो ।
