भक्तपुर, २० भदौं–नेपाल मजदुर किसान पार्टीका नेता तथा सांसद प्रेम सुवाललाई कोरोना संक्रमण भएको छ। शंका लागेर यही भदौ १५ गते उनले परीक्षणका लागि स्वाब दिएका थिए। आज शनिबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो।

आज बिहान रिपोर्ट आएसँगै उनी होम आइसोलेसनमा बसेका छन्। भोलिदेखि उनको सम्पर्क आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिने बताइएको छ। उनको ट्राभल हिस्ट्री खोजिने कार्य भइरहेको छ।

भक्तपुर नगरपालिकाले च्यामासिंहमा सञ्चालन गरेको जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना पुष्टि भएको बताइएको छ। उनको अवस्था सामान्य रहेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *