काठमाडौं, १ कात्तिक–साफ महिला च्याम्पियनसिप २०२४ आजबाट काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरू भएको छ। आज भएको प्रतियोगिताको उद्‌घाटन खेलमा भारतले उत्कृष्ट जित निकालेको छ।

समूह ‘ए’ को खेलमा भारतले पाकिस्तानलाई ५(२ गोलले पराजित गरेको छ।

खेलमा भारतले चौथो मिनेटमै ग्रेसको गोलबाट अग्रता लियो। १६ मिनेटमा मनिषाले अग्रता दोब्बर पार्दा ३५ मिनेटमा बालादेवीले भारतका लागि तेस्रो गोल गरिन्।

४२ मिनेटमा पाकिस्तानकी मरिया खानले आफ्नै पोस्टमा गोल गर्दा भारत पहिलो हाफमा ४(० गोलले अघि रह्यो।

पाकिस्तानले दोस्रो हाफको सुरुवातमै दुई गोल गर्दै खेलमा फर्कने कोशिस गर्यो। पाकिस्तानका लागि सुहा हिरानीले ४६ र केला शिद्धिकीले ४७ मिनेटमा गोल गर्न सफल भए।

तर त्यसपछि पाकिस्तानमाथि भारत हाबी भयो। भारतका लागि ७७ मिनेटमा ज्योतीले पाँचौ गोल गर्दा भारत जिततर्फ अघि बढेको थियो।

प्रतियोगिताको समूह ‘बी’ मा रहेको आयोजक नेपालले भोलि आफ्नो पहिलो खेल खेल्दैछ।

नेपालले भोलि साँझ साढे ५ बजे भुटानसँग प्रतिस्पर्धा गर्ने खेल तालिका छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *