दमक, ३ कार्तिक–कमल गाउँपालिका–५ पाडाजुंगीको रवि पेट्रोल पम्पस्थित सडक खण्डमा आज शनिबार दिउँसो यात्रुवहाक बसको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ ।

पश्चिमबाट पूर्वतर्फ जादैै गरेको प्रदेश १-०१-००१ (ख) ३४३५ नम्बरको यात्रुवहाक बसले सोहि दिशाबाट जादै गरेको को-१६ प ५३२२ नम्बरको मोटरसाईकल ठक्कर दिदाँ निज चालकको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ज्यान जाने अन्दाजी ५० बर्षिय पुरुषको पहिचान खुल्न सकेको छैन् । मृतक मोरङ घर भएको बुझिएको छ ।

प्रहरीका अनुसार करिव १२ः३० वजे तिर बसले सो साईकललाई ठक्कर दिएपछि त्यसमा सवार चालकलाई एक सय मिटर घिसारेको थियो ।

दुर्घटनापछि आक्रोसित समूहले बसका चालकले लार्पावाही गर्दा मोटरसाईकल चालकको ज्यान गएको भन्दै बसमा तोडफोड गर्नुका साथैं आगजनी गरेका छन् । तोडफाड र आगजनीबाट बसमाक्षति पुगेको प्रहरीको भनाई छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *