काठमाडौँ, ५ कार्तिक–काठमाडौँमा भइरहेको साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले माल्दिभ्सलाई ११(० गोलले पराजित गरेको छ।

आजको जितसँगै नेपालले दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिप २०२४ को सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

जितसँगै २ खेलबाट ४ अंक जोड्दै नेपाल समूह ‘बी’ को शीर्षमा उक्लिएको छ। आफ्ना दुवै खेलमा पराजित हुँदै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ।

पहिलो खेलमा नेपालले भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्स श्रीलंकासँग १(० ले पराजित भएको थियो।

आज ९सोमवार० त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई शानदार जित दिलाउने क्रममा रेखा पौडेलले ५ गोल गरिन् भने प्रीति राईले ३ तथा सविता रानामगर, अनिता केसी र अमिशा कार्कीले १र१ गोल गरे। रेखा प्लेयर अफ द म्याच भइन्।

माल्दिभ्समाथि पूर्णतया हावी भएको खेलको छैटौँ मिनेटदेखि नै गोल गर्न थालेको नेपालले खेलको नसकिउन्जेलसम्म गोलको वर्षा गरिरह्यो।

पहिलो हाफ सकिँदा नेपाल ४(० गोलले अगाडि थियो। रेखाले खेलको ५८औँ मिनेटमा ह्याट्रिक पूरा गर्दै नेपालको अग्रता ५(० मा पुर्‍याएकी थिइन्।

नेपालका लागि छैटौँ मिनेटमा प्रीतिले पहिलो गोल‚ २९औँ मिनेटमा सविताले दोस्रो गोल गरिन्। नेपालका लागि ३२औँ मिनेटमा रेखाले तेस्रो गोल गरिन्।

पहिलो हाफको निर्धारित समय सकिन ३ मिनेट बाँकी छँदा रेखाले व्यक्तिगत दोस्रो तथा नेपालका लागि चौथो गोल गरिन्। दोस्रो हाफको ५८औँ मिनेटमा रेखाले ह्याट्रिक गर्दै नेपालका लागि पाँचौँ गोल गरिन्।

रेखाले ६३औँ मिनेटमा व्यक्तिगत चौथो तथा टोलीका लागि छैटौँ गोल गरिन् भने ६५औँ मिनेटमा प्रीतिले व्यक्तिगत दोस्रो गोल र नेपालका लागि सातौँ गोल गरिन्।

रश्मीकुमारी घिसिङलाई रिप्लेस गर्दै मैदानमा पसेकी अनिता केसीले ६८औँ मिनेटमा नेपालका लागि आठौँ गोल गरिन्। रेखाले ७८औँ मिनेटमा व्यक्तिगत पाँचौँ तथा नेपालका लागि नवौँ गोल गरिन्।

प्रीतिले निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा नेपालले पाएको पेनाल्टी प्रहारलाई गोलमा परिणत गर्दै ह्याट्रिक पूरा गरिन्। त्यसको एक मिनेटपछि नै अमिशा कार्कीले नेपालका लागि ११औँ गोल गरिन्।

अब समूह चरणको अन्तिम खेलमा बिहीवार नेपालले श्रीलंकासँग र माल्दिभ्सले भुटानसँग खेल्नेछन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *